धनकौल – सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिल संचालनको तयारी गरिएको छ ।
किसानको उखु बेचेको पैसा नदिएर बद्नामी कमाएको यो मिल निकै ढिलो गरी २/४ दिनभित्रै संचालनको तयारी भइरहेको हो । आफू चिनी मिलमा पुग्दा त्यहाँका स्टाफले २÷४ दिनभित्र मिल चलाउने तयारी रहेको बताएका धनकौलका उखु किसान रामकल्याण यादवले जानकारी दिए ।
यादवले यो चिनी मिलले गत सालहरुकै भुक्तानी दिन बाँकी रहेको गुनासो गरेका छन् । किसानको बाँकी भुक्तानी राखेरै मिल संचालनको तयारी गरिएको हो ।
मिलका मालिक फेरिएका अन्नपूर्णबाट किसानलाई पुरानो पैसा लिन समस्या परेको छ । देशमै सबैभन्दा बढी उखु खेती हुने सर्लाहीमा ३ वटा चिनी मिल छन् ।
त्यसमध्ये इन्दुशंकर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदह गोडैताले धमाधम उखु क्रसिङ गरिरहेका छन् । यि दुई चिनी मिलबाट १०/१५ दिनको अन्तरालमा भुक्तानी पाइरहेको अगुवा उखु किसानले बताएका छन् ।