हरिवन – सर्लाहीको हरिवनमा बुधबार भ्रष्टाचार नियन्त्रणका सम्वन्धमा अन्तर्क्रिया गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले हरिवन नगरपालिकाको वडा नं. ११ स्थित वडा कार्यालयको सभा हलमा अन्तर्क्रिया कार्यक्रम गरेकोे हो । कार्यक्रममा अख्तियारको बर्दिवास कार्यालयका उपसचिव कृष्णप्रसाद हुमागाईँले हरिवनसहित सर्लाहीका २० वटै पालिकाबाट अख्तियारमा आएका उजुरीलगायत अख्तियारको काम कारवाहीबारे प्रष्ट पारे ।
अख्तियारले भ्रष्टाचार न्यूनिकरणका लागि स्थानीय स्तरमा प्रवर्द्धनात्मक कार्यक्रम गरेको हो । कार्यक्रममा नगरप्रमुख रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलान, प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र सापकोटा, वडाध्यक्ष, कार्यपालिका सदस्य, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक, पालिकाका शाखा प्रमुख, वडा सचिव, सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंकका म्यानेजर र हरिवनस्थित सरकारी कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो ।