logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

स्वाभिमान दिवसको अवसरमा मलंगवामा दीप प्रज्वलन


  • उज्यालो अभियान

मलंगवा – स्वाभिमान दिवसको अवसरमा बुधबार साँझ सर्लाही सदरमुकाम मलंगवामा दीप प्रज्वलन गरिएको छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) जिल्ला कार्य समितिले मलंगवास्थित शहीद पार्कमा दीप प्रज्वलन गरी स्वाभिमान दिवस मनाएको हो । पार्टीका नेता कार्यकर्ता उपस्थित भएर दीप प्रज्वलन गरी मधेश स्वाभिमान दिवस २०८० मनाइएको जसपाका जिल्ला अध्यक्ष वीरेन्द्र रायले जानकारी दिए ।

आजकै दिन २०७८ माघ ३ गते प्रदेशको नामाकरण ‘मधेश’ र राजधानी जनकपुरधाम पारित भएकाले स्वाभिमान दिवस मनाइएको हो ।