logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

धेरै दिनपछि दिनभर पारिलो घाम


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीमा आज धेरै दिनपछि दिउँसोपख पारिलो घाम लागेको छ ।

दिउँसो १२ बजेपछि यहाँ करिव ४ घण्टा पारिलो घाम लागेर जनजीवन सामान्य बनेको हो । विगत ७÷८ दिनदेखि यहाँ घाम लाग्न सकेको थिएन ।

अहिले साँझबाट भने फेरि ठिर्याउँदो चिसो हुन थालिसकेको छ । न्याना कपडा नभएका र पराल ओछ्याएर सुत्ने विपन्न परिवारलाई चिसो छल्न असाध्य गाह्रो परेको हो ।

आज दिउँसोको पारिलो घामले उनीहरुलाई पनि राहत मिलेको छ ।

कठ्यांग्रिने गरी चिसो हुँदा शिशु, बालबालिका, वृद्धवृद्धा र अशक्त व्यक्ति झनै प्रभावित बनेका छन् ।