logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

हरिपुरको पचगछियामा माघी महोत्सव सुरु


  • उज्यालो अभियान

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–७, पचगछियामा आजबाट छैठौँ तिला संक्रान्त (माघी) महोत्सव–२०८० सुरु भएको छ ।

‘नेपालके आदिवासी जनजातिके शान, थारु कला सँस्कृति हमर पहिचान’ भन्ने मूल नारासहित आयोजित महोत्सवको संविधान सभाका सदस्य रामचन्द्र चौधरी, नगरप्रमुख गोपाल पन्जियार र उपप्रमुख निलमदेवी राय यादव भएर आज दिउँसो संयुक्त रुपमा उद्घाटन गरे ।

महोत्सव उद्घाटनअघि पचगछिया गाउँदेखि हरिपुर बजारसम्म थारु भेषभुषासहित झाँकी ¥याली निकालिएको हरिपुर नगरपालिका ७ का वडाध्यक्ष मनोजकुमार चौधरीले जानकारी दिए । हरिपुर नगरपालिकाको सहयोगमा थारु कला सँस्कृति आयोजना समितिले आयोजना गरेको महोत्सव बिहीबारसम्म संचालन हुने छ । महोत्सवमा प्रमुख आकर्षणका रुपमा थारु साँस्कृतिक नृत्य प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा पहिलो र दोस्रो हुने टिमलाई नगद २० हजार र १५ हजार रुपियाँ नगदसहित पुरस्कृत गरिने वडाध्यक्ष चौधरीले बताए । महोत्सवमा थारु विशेष परिकारका विभिन्न स्टल राखिएको छ । माघी महोत्सव उद्घाटनकै अवसरमा हरिपुर नगरपालिकाले आज नगरभित्र स्थानीय बिदा नै दिएको थियो ।