logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवनमा २३५ अशक्त तथा विपन्नलाई भोजन गराएर कपडा बाँडियो


  • उज्यालो अभियान

हरिवन – आनन्दमार्ग प्रचारक सङ्घले आज सर्लाहीको हरिवनमा २३५ जना भन्दा बढी अशक्त तथा दिन दुःखीलाई भोजन गराइ कपडा वितरण गरेको छ ।

माघे सङ्क्रान्तिको उपलक्ष्यमा वार्षिक नारायण सेवा कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न स्थानबाट आएका अशक्त तथा दिन दुःखीलाई यस प्रकारको सहयोग गरिएको हो । हरिवनसहित हरिपुर, लक्ष्मीपुर, हरैया, धरहरालगायतका स्थानबाट आएका अशक्त र दिन दुःखीलाई कम्बल, कपडा र जुत्ता वितरण गरिएको आनन्दमार्ग प्रचारक सङ्घ हरिवनका अध्यक्ष बैजु साहले जानकारी दिए ।

सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य एवं निवर्तमान रक्षामन्त्री हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा हरिवन नगरपालिका ११ स्थित राजमार्ग छेउमा अघिल्ला वर्षहरुमा झैँ भोजन गराउने र कपडा बाँड्ने कार्यक्रम गरिएको साहले बताए ।  कपडा, जुत्ता, चप्पल लिन वर्षेनि टाढाटाढाका अशक्त र दिन दुःखी हरिवन आइपुग्ने गरेका छन् ।

पूर्व मन्त्री उप्रेती, हरिवन नगरपालिका ११ का वडाध्यक्ष शेष मेहबुब रेजा, चेम्बर अफ कमर्स हरिवनका अध्यक्ष कृष्ण ओमपोतेलगायतले आनन्दमार्गले वार्षिक रुपमा गर्ने यस कार्य सराहनिय रहेको भन्दै प्रशङ्सा गरे ।