logo
  • शनिबार, कार्तिक २२, २०८३ / Saturday, Nov, 07 ,2026

‘तपस्वी’ बम्जनको न्यायाधीश रेग्मीको इजलाशमा बयान सुरु


  • उज्यालो अभियान

विहिबार बिहान सर्लाही जिल्ला अदालतमा ल्याईएका ´तपस्वी` राम बहादुर बम्जन (सेताे ज्याकेट लगाएका) । (तस्बिर : उज्यालाे अभियान)

मलंगवा – ‘तपस्वी’ रामबहादुर बम्जन भन्ने रामलाल बम्जनको सर्लाही जिल्ला अदालतमा बयान सुरु भएको छ ।

विभिन्न जिल्लाहरुमा आश्रम खोलेर अनुयायी बलात्कार, हत्या तथा वेपत्ता पारेको आरोप लागेका बम्जनलाई राति कडा सुरक्षाकाबिच सडक मार्ग हुँदै सर्लाही ल्याइएको थियो । बम्जनको न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलाशमा बहस सुरु भएको श्रेस्तेदार सदन अधिकारीले बताए ।

उनका अनुसार आजै थुनथेक बहस सकेर आदेश आउने सम्भावना छ ।

याे पनि पढ्नाेस्

कति वर्ष जेल पर्न सक्छन् ‘तपस्वी’ बम्जन ?

´तपस्वी` बम्जनलाई सर्लाही जिल्ला अदालत लगियाे

‘तपस्वी’ बोम्जनलाई सर्लाही ल्याइयो, आज अदालत पेश गरिने