logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बरहथवा नगरपालिकाले दियाे, साेमबार सार्बजनिक बिदा


  • उज्यालो अभियान

बरहथवा, २३ पुस – प्रहरीकाे गाेली लागेर मृत्यु भएका बरहथवा-६ का युवा जयशंकर साहप्रति श्रद्दाञ्जली स्वरुप शाेक व्यक्त गर्दै बरहथवा नगरपालिका कार्यालयले साेमबार सार्बजनिक बिदा दिएकाे छ ।

बरहथवा नगरपालिकाकी प्रमुख कल्पना कुमारी कटुवालद्वारा हस्ताक्षरित सूचनामा नगरपालिका कार्यालय, वडा कार्यालयहरु, शैक्षिक लगायत नगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी एवं गैरसरकारी संघ संस्थामा सार्बजनिक बिदा दिईएकाे उल्लेख छ । सार्बजनिक सूचनामा शाेकसन्तप्त परिवारजन प्रति हार्दिक समवेदना सहित मृतक साहकाे चिरशान्तीकाे कामना समेत गरिएकाे छ ।

बरहथवा नगर अस्पताल स्तराेन्नती विवादका क्रममा भएकाे विराेध प्रदर्शन अन्तर्गत गत शुक्रबार दिउँसाे प्रहरीकाे गाेली लागेर ३० वर्षिय साहकाे घटनास्थलमै मृत्यु भएकाे थियाे । आन्दाेलनकारी नेतृत्व, पीडित परिवार सहित सराेकारवाला पक्षहरुबीच ११ बुँदे सहमति भएपछि मृतक साहकाे शव आईतबार राती मात्र घटनास्थलबाट उठाएर पाेष्टमार्टम गरेपछि परिवारले बुझेका थिए ।

याे पनि पढ्नाेस्

सामान्य बन्यो बरहथवा, मृतकको शव पोष्टमार्टमपछि परिवारले बुझे

बरहथवा घटना : जिल्ला प्रशासन कार्यालयमा सहमती, मृतकको शव आजै उठाइने

कर्फ्यूका बीच बरहथवामा प्रदर्शन चर्क्याे, दर्जनाैं राउण्ड अश्रुग्याँस र हवाई फायर (भिडिओ)