logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

ईश्वरपुरमा निःशुल्क आँखा उपचार तथा मोतिया विन्दुको अप्रेसन शिविर सुरु


  • उज्यालो अभियान

बयलवास – सर्लाहीको ईश्वरपुरमा आजबाट निःशुल्क आँखा जाँच तथा मोतिया विन्दु अप्रेसन शिविर सुरु भएको छ ।

ईश्वरपुर नगरपालिकासँग समन्वय गरी भरतपुर आँखा अस्पतालले आँखा उपचार केन्द्र, रेडक्रस, आरोग्य संगठनलगायतका संघसंस्थासँग सहयोग लिएर आँखाको शिविर सुरु गरेको हो । शिविर अन्तर्गत आज पहिलो दिन नगर अस्पतालमा संचालित आँखा उपचार केन्द्रमा भएको आँखा जाँच शिविरमा २५५ जनाको आँखा जाँच गराउँदा ८५ जना र हरिपुरको ग्रामीण नारी उत्थान संघ तथा शिवशक्ति सहकारीमा संचालित शिविरमा ३१० जनाको आँखा जाँच गर्दा ११० जनामा मोतिया विन्दु फेला परेको छ ।

भोली यस्तै प्रकारको शिविर हरिपूर्वा नगरपालिका ५ स्थित केश्वर गरिव जनता माध्यमिक विद्यालयमा हुने छ । सबै ठाउँका शिविरमा फेला परेका मोतिया विन्दुका बिरामीको अप्रेसन नगर अस्पताल ईश्वरपुर बयलवासमा पुस २१, २२, २३ र २४ गते गरिने ईश्वरपुर आँखा उपचार केन्द्रका उपाध्यक्ष प्रकाश मैनालीले बताए ।

उनका अनुसार हरिपुरको शिविरको आज मेयर गोपाल पन्जियारको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो भने पर्सी ईश्वरपुरको शिविरको औपचारिक उद्घाटन हुने छ ।