मलंगवा – वीरगन्जमा हुने प्रधानमन्त्री पुरुष एक दिवसीय क्रिकेट प्रतियोगिता २०८० खेल्न सर्लाहीबाट जाने टोलीलाई आज सदरमुकाम मलंगवामा बिदाई गरिएको छ ।
सर्लाही क्रिकेट संघले सदरमुकाम मलंगवामा एक कार्यक्रमका बीच क्रिकेटका प्रशिक्षक र खेलाडीलाई बिदाई गरेर पठाएको हो । टिम प्रशिक्षक सुमन शुक्ला, टिम व्यवस्थापक तुलसी राय यादसहितको टोलीलाई बिदाई गरिएको हो ।
प्रतियोगिताका लागि सर्लाहीबाट विशाल पटेलको नेतृत्वमा ४ जना वैकल्पिकसहित १८ सदस्यीय टिम तय गरेर वीरगन्ज पठाइएको छ । भोलीदेखि सुरु हुने प्रतियोगिता खेल्न सर्लाहीको टिम वीरगन्ज पुगिसकेको टिम व्यवस्थापक तुलसी राय यादवले जानकारी दिए ।