logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

मगर चलचित्रकर्मी संघको पहिलो मधेश प्रदेश स्तरीय समिति गठन


  • उज्यालो अभियान

मिलनचोक – मगर चलचित्र सङ्घको पहिलो पटक मधेश प्रदेशमा समिति गठन गरिएको छ ।

आज सर्लाहीको बागमती नगरपालिका १ मिलनचोकस्थित मगर गुम्बामा सम्पन्न प्रथम प्रदेश स्तरीय भेलाबाट निरबहादुर दर्लामी मगर अध्यक्ष रहने गरी मगर चलचित्र सङ्घको १० सदस्यीय मधेश प्रदेश समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा निशा थापा (यस्माली) मगर, सचिवमा भक्तबहादुर आले मगर, सहसचिवमा टङ्कबहादुर रखाल मगर, कोषाध्यक्षमा राजन बहादुर पुलामी मगरसहित अन्य सदस्य र प्रमुख सल्लाहकारमा छलबहादुर राना मगर रहेका छन् ।

मगर समुदायका चलचित्रकर्मीको हकहितका लागि समिति चयन गरिएको नेपाल मगर सङ्घ मधेश प्रदेशका महासचिव तेजनारायण आले मगरले जानकारी दिए । उनका अनुसार नेपाल मगर सङ्घका केन्द्रिय सदस्य ललिमाया जर्गा मगरको प्रमुख आतिथ्यता तथा सङ्घका पूर्व मध्यमान्चल उपाध्यक्ष नारायण खपाङ्गी मगरको विशिष्ठ आतिथ्यतामा भेला सम्पन्न भएको हो ।