हरिवन, १ पुस – द्वन्द्वपीडित बालगृह सञ्चालक संस्था चेतना सन्देश नेपालकाे बीसाैं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।
हरिवन नगरपालिका- ५ घुर्काैली स्थित संस्थाकाे आफ्नै सभाहलमा सभा गरिएकाे हाे । संस्थाका अध्यक्ष सुरेन्द्र लामाकाे अध्यक्षता रहेकाे कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथाेकीकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । शनिबार दिउँसाे आयाेजित सभामा संस्थाकी पदाधिकारी प्रदेशसभा सदस्य बेची लुंगेली, हरिपुर नपाका पूर्व मेयर जमिरुद्दिन मन्सुर, हरिवन-५ का वडाध्यक्ष नागेन्द्र साह, नेताहरु रविन्द्र कुमार भट्टराई, भरतकुमार कार्की, उत्तर कुमार मैनाली लगायत अन्य विभिन्न राजनैतिक एवं सामाजिक व्यक्तित्वहरुकाे उपस्थिती रहेकाे थियाे ।