हजारबिघा – साउथ एशियन खेलकुद प्रतियोगितामा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्दै सहभागी हुुन लागेका तेक्वान्दो खेलाडी राजनन्दन दासलाई सोमबार सर्लाहीको हजारबिघामा बिदाई गरिएको छ ।
भारतको त्रिपुरामा यही डेसेम्बर १६ र १७ तारिखमा हुन लागेको क्योकुसियन कराँते प्रतियोगितामा भाग लिन लागेका दासलाई गृह गाउँ हरिपुर नगरपालिका–१, हजारबिघामा बिदाई गरिएको हो । वडाध्यक्ष नानिबाबु थापासहित अन्य गाउँले भएर फूलमाला, खादा र अबिर पहिर्याएर दासलाई बिदाई गरेका हुन् ।
त्यस्तै, साउथ एशियन खेलकुदमै सहभागी लागेकी अर्की खेलाडी स्नेहा दासलाई पनि बिदाई गरिएको स्थानीयले बताएका छन् । खेलकुदको माध्यमबाट राष्ट्रलाई चिनाउने खेलाडीलाई प्रोत्साहनस्वरुप गाउँले मिलेर शुभकामनासहित बिदाई गरी पठाएको वडाध्यक्ष थापाले जानकारी दिए ।