गोडैता – सर्लाहीको गोडैता नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ वितरण गरेको छ ।
धान भित्र्याएपछि धमाधम गहुँ छर्ने सिजन भएकाले किसानलाई अनुदानमा विभिन्न जातका गहुँको बीउ उपलब्ध गराएको नगरप्रमुख देवेन्द्र यादवले जानकारी दिए ।
गोडैता नगरपालिकाको १२ वटै वडामा गहुँको राम्रो खेती हुन्छ । बजारमा बिक्रीका लागि राखिएको गहुँको बीउ महँगो पर्ने र गुणस्तरहीन हुने किसानले बताएका छन् ।
नगरपालिकाले अनुदानमा गहुँको बीउ बाँड्दा खुसी लागेको गोडैता नगरपालिका–३ का किसान सुरज यावले बताए ।