logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

हरिवन बचत तथा ऋण सहकारी संस्थाको २५ औँ वार्षिक साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिका वडा नं. ८ मा रहेको हरिवन बचत तथा ऋण सहकारी संस्थाको शनिबार २५ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष कृष्णकुमारी पौडेलको अध्यक्षता तथा मधेश प्रदेश सभाका सदस्य जवाहारलाल कुशवाहको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । सभामा हरिवन नगरपालिकाकी उपप्रमुख हरिमाया घलान, जिल्ला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष मन्दिरा आचार्य, हरिवन नगरपालिका ४ का वडाध्यक्ष केशवराज थापालगायतको आतिथ्यता रहेको थियो ।

सभामा संस्थाले गत आर्थिक वर्ष २०७९/०८० साँढे १२ करोड रुपैयाँ कूल कारोवार गरी साँढे २६ लाख रुपैयाँ बराबर मुनाफा आर्जन गरेको जानकारी गराइएको छ ।

साधारण सभाको अवसरमा आयोजित रक्तदान कार्यक्रममा २६ जनाले रक्तदान गरेका संस्थाका व्यवस्थापक तिलकप्रसाद खतिवडाले जानकारी दिए ।