logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

महिला साना किसान कालिन्जोरको नवौँ वार्षिक साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

घारिबथान – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोरमा रहेको महिला साना किसान कृषि सहकारी संस्थाको आज (शनिबार) नवौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष बिन्दा लुंगेलीको अध्यक्षता तथा मधेश प्रदेश सभाकी सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा नेपाल राष्ट्रिय जनता माध्यमिक विद्यालय बद्रिपुर घारीको प्राङ्गणमा साधारण सभा सम्पन्न भएको हो । सभामा ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य, नेपाली कांग्रेस क्षेत्र नं. १ का क्षेत्रीय सभापति हरि बहादुर लुंगेली, नेकपा एमालेका नेता भोजबहादुर खत्री, जनार्दन देवकोटा, कालिन्जोरका निर्वाचित जनप्रतिनिधिलगायतको आतिथ्यता रहेको थियो ।

संस्थाको संचालक समिति सदस्य रेसु रासकोटीको स्वागत तथा प्रवन्धक विजय बोहोराको संचालनमा कार्यक्रम सम्पन्न भएको हो । साधारण सभाको अवसरमा संस्थाले बाल बचकर्ता आरुसी विक र सुशान्त आलेलाई शैक्षिक सामग्री तथा समयमै ऋण बुझाउने ऋणी पद्मा खपाङ्गी मगर र नियमित बचतकर्ता उरिमाया वाइवालाई दोसल्ला ओढाएर सम्मान गरेको छ ।

यो संस्थाले गत आर्थिक वर्ष २०७९÷०८० कूल ७ करोड ९२ लाख कारोवार गरी ३२ लाख ३७ हजार खूद मुनाफा आर्जन गरेको साधारण सभामा जानकारी गराइएको छ ।