logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दी : ल्याण्डमार्कद्वारा सर्लाही जिल्ला फुटबल संघलार्ई जर्सी सहयोग


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–७, स्थित डुमडुमे मन्दिर अगाडि भर्खरै संचालनमा आएको ल्याण्डमार्क ईन्टरप्राईजेजले सर्लाही जिल्ला फुटबल संघलाई जर्सी सहयोग गरेको छ ।

ल्याण्डमार्कका सन्चालक टीका खत्री र व्यवस्थापक सन्तोष पौडेलले हिजो (शुक्रबार) दिउँसो जिल्ला फुटबल संघका उपाध्यक्ष विभुसिंह थापा, महासचिव शिवहरि गौतम र प्रशिक्षक बेनिबहादुर कटुवाल (श्याम) लाई १८ थान जर्सी हस्तान्तरण गरेका हुन् । जिल्लाका फुटबल खेलाडीको हौसला बढाई खेलको विकास गर्ने उद्देश्यले संघलाई जर्सी सहयोग गरिएको ल्याण्डमार्क ईन्टरप्राईजेज लालबन्दीले जनायो ।

यो सहयोगप्रति सर्लाही जिल्ला फुटबल संघले धन्यवाद् ज्ञापन गरेको छ ।

जर्सी ग्रहणपश्चात सिरहाको बन्दीपुरमा मैत्रीपूर्ण फुटबल खेल खेल्न संघका पदाधिकारी र प्रशिक्षक कटुवालसहित महिला खेलाडीको टिम त्यसतर्फ प्रस्थान गरेको संघका जिल्ला उपाध्यक्ष विभुसिंह थापाले जानकारी दिए ।