logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

राजघाटलाई कृष्ण–सरोज स्मृति गोल्डकप,आयोजक हजरिया उपबिजेता


  • उज्यालो अभियान

हजरिया – समाजसेवा युवा क्लब राजघाटले सर्लाहीको बरहथवा नगरपालिका–२, हजरियामा आयोजित कृष्ण–सरोज स्मृति गोल्डकपको उपाधि उचालेको छ ।

बुधबार भएको फाइनल खेलमा आयोजक सेभेन स्टार यूथ क्लब हजरियालाई ३–१ गोलले पराजित गर्दै राजघाटले उपाधि रक्षा गरेको हो । जितसँगै बिजेता राजघाटले नगद एक लाख रुपियाँ प्राप्त गर्यो भने उपबिजेता हजरियाले ५० हजार रुपियाँमा चित्त बुझाउनुपर्यो ।

बिजेता तथा उपबिजेता दुवै टिमलाई क्रमश ः पहिलो र दोस्रो ट्रफीसहित प्रमाण–पत्र प्रदान गरिएको आयोजक सेभेन स्टार युवा क्लबका अध्यक्ष बासु धमलाले जानकारी दिए । प्रतियोगितामा आयोजकका रवी मगर उत्कृष्ट रक्षक, आयोजककै रवीन बस्नेत उत्कृष्ट गोलरक्षक, हरिवन यूथ क्लबका याङ दोर्जे सर्वाधिक गोलकर्ता र आयोजकका सुदीप मगर प्रतियोगिताकै सवोत्कृष्ट खेलाडी घोषित भए ।

उनीहरुलाई पनि ट्रफीसहित पुरस्कृत गरिएको आयोजकले जनायो ।

प्रतियोगिताको बिजेता, उपबिजेता र विधागत उत्कृष्ट खेलाडीलाई क्लबका अध्यक्ष धमला, बरहथवा नगरपालिकाकी प्रमुख कल्पनाकुमारी कटुवाल, प्रमुख प्रशासकीय अधिकृत ऋद्धिप्रकाश सिटौला, बरहथवाका प्रहरी नायब उपरीक्षक (डीएसपी) लीलाराज लामिछानेलगायत भएर पुरस्कार वितरण गरेका छन् ।