हरिवन – सर्लाहीको हरिवनस्थित सामुदायिक आधारशिला बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको नयाँ नेतृत्वमा पुनः तेस्रो कार्यकाल अध्यक्षमा मोहन लाल श्रेष्ठ चयन भएका छन् भने उपाध्यक्षमा पुरुषोतम थापा, सचीवमा खड्क राज बराल, कोषाध्यक्षमा दिनेश के.सी.सदस्यहरुमा कृष्ण प्रसाद श्रेष्ठ ,नवराज घिमिरे ,प्रयाग राज पोते,चन्द्रकला खड्का ,कल्पना उप्रेती ,निर्मला पोते ईन्दिरा धमला चयन भएका छन् । त्यस्तै, लेखा सुपरीवेक्षण संयोजमा नेत्रहरी पौडेल र सदस्यहरु सुमित्रा कुमारी लुंगेली र डेलनाथ पौडेल चयन भएका छन् ।
गत आर्थिक वर्ष २०७९/०८० मा ७३ लाख ४७ हजार ८८७ रुपैयाँ मुनाफा आर्जन गरेको छ । संस्थाको हिजो (आइतबार) सम्पन्न १३ औं वार्षिक साधारण सभामा प्राप्त मुनाफाबाट आफ्ना शेयर सदस्यलाई ११.८५ प्रतिसत शेयर लाभांस र संरक्षित पुजी फिर्ताबाट ६.३३ प्रतिसत वितरण गरिने घोषणा सस्थाका प्रवन्धक रविन्द्र बहादुर थापा मगरले जानकारी दिए ।
हरिवनमा कार्यालय रहेको यस संस्थामा तीन हजार ७९० शेयर सदस्य रहेका संस्थाका प्रवन्धक थापाले बताए । संस्थाका अध्यक्ष मोहन लाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल)प्रमुख अतिथि हुनुहुन्थ्यो भने विशिष्ट अतिथि उपप्रमुख हरिमाया घलान,केशव ढकाल ,चुडामणि वाग्ले, राम प्रसाद घिमिरे ,नारायण लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
संस्थाका उपाध्यक्ष पुरुषोत्तम थापाको स्वागतमा साधारण सभा सम्पन्न भएको हो ।