जब्दी – सर्लाहीको लालबन्दी नगरपालिका–३, जब्दीस्थित फूलजोर खोला किनारमा आज (आइतबार) बाट त्रिवेणी मेला सुरु भएको छ ।
पर्सीसम्म चल्ने मेलाको आज दिउँसो सर्लाही क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीले उद्घाटन गरे । मेला आयोजक समितिका अध्यक्ष मुक्तिनारायण चौधरी,को अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा संविधान सभाका सदस्य रामचन्द्र चौधरी, मधेश प्रदेश सभाकी सदस्य बेची लुंगेली, समाजसेवी सुरेन्द्र प्रधान, नेपाली कांग्रेसका नेता सीताराम दाहाल, लालबन्दी नगरपालिका ३ का वडाध्यक्ष वुद्धदेव चौधरी, अन्य वडाका वडाध्यक्षलगायतको उपस्थिति रहेको थियो ।
मेलाको आज उद्घाटन, भोली मेलाको मुख्य दिन र पर्सी सामाचकेवा नाच देखाइने छ । यही मेलाको अवसरमा आजबाट जिल्ला स्तरीय भलिबल खेल समेत सुरु भएको आयोजकले जनाएको छ ।