हरिवन – हरिवन नगरपालिका–११ मा रहेको समृद्धि बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्ष २०७९÷०८० मा ७७ लाख ६६ हजार ५१७ रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
संस्थाको आज (शुक्रबार) सम्पन्न १६ औं वार्षिक साधारण सभामा प्राप्त मुनाफाबाट आफ्ना शेयर सदस्यलाई १३ प्रतिसत लाभांस वितरण गरिने घोषणा गरिएको संस्थाका प्रवन्धक चिरञ्जीवी भट्टराईले जानकारी दिए । संस्थाका अध्यक्ष ताराराज पन्तको (अर्जुन ) अध्यक्षता तथा पूर्व मन्त्री एवं सर्लाही क्षेत्र नं. ३ का संघीय सांसद हरिप्रसाद उप्रेतीको प्रमुख आतिथ्यतामा नेवा सेवा समाज हरिवन ११ को सभाहलमा साधारण सभा सम्पन्न भएको हो ।
सभामा मधेश प्रदेशसभाका सदस्य जवाहारलाल कुशवाहा, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलान, जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष मन्दिरा आचार्य, संस्थाका पूर्व अध्यक्ष इन्द्र पाठक ,नारायण लामिछाने लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।
संस्थाका सचिव सुरेश भट्टराईको संचालन तथा सदस्य मुकुन्द कुमार श्रेष्ठको स्वागतमा साधारण सभा सम्पन्न भएको हो ।