तस्बिर : जीतेन्द्र सिंह ।
बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका वडा नं. ५ मा आज (शुक्रबार) करिव २ सय जना किसानलाई घाँसको बीउ वितरण गरिएको छ ।
कृषक हित डेरी तथा साना किसान कृषि सहकारी संस्थाले किसानलाई जै, बर्सी जातका घाँसको बीउ उपलब्ध गराएको हो । संस्थाका अध्यक्ष लक्ष्मण महतोको अध्यक्षता तथा बरहथवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिप्रकाश सिटौलाको प्रमुख आतिथ्यतामा किसानलाई घाँसको बीउ बाँडिएको स्थानीय संचारकर्मी जीतेन्द्र सिंहले जानकारी दिए ।
निःशुल्क रुपमा उन्नतजातको घाँसको बीउ पाउँदा स्थानीय पशुपालक किसान खुसी भएका छन् ।