logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

दशैँका अवसरमा हरिवनमा ब्याडमिन्टन प्रतियोगिता


  • उज्यालो अभियान

हरिवन – नेपालीको प्रमुख चाड दशैँको अवसरमा सर्लाहीको हरिवन नगरपालिका १० सुखेपोखरीमा आज इन्टरक्लब ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

नव चतुर्भूजेश्वर ब्याडमिन्टन क्लबको आयोजनामा सुखेपोखरी कभर्डहलमा प्रतियोगिता सम्पन्न भएको हो । समूह ए बाट अर्जुन गोले र मोहन रायमाझीको समूह पहिलो तथा उत्सवराज भण्डारी र सन्तोष पाण्डेको समूह दोस्रो भएको छ ।

त्यस्तै, समूह बी बाट हरिकृष्ण मैनाली र श्रीकृष्ण मैनालीको समूह पहिलो तथा बालकृष्ण मैनाली र सार्किमान तामाङको समूह दोस्रो भएको नव चतुर्भूजेश्वर ब्याडमिन्टन क्लबका सचिव कमलराज दाहालले जानकारी दिए । प्रतियोगितामा सिनियर ग्रुप (ए) मा ९ वटा टिम र जुनियर ग्रुप (बी) मा ५ वटा टिम सहभागी थिए ।

प्रतियोगिताको बिजेता तथा उपबिजेता टिमलाई राजनराज भण्डारीको अध्यक्षता एवं हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) को प्रमुख आतिथ्यतामा पुरस्कार वितरण गरिएको आयोजक क्लबका उपाध्यक्ष जयबहादुर गोलेले बताए ।

कार्यक्रममा ब्याडमिन्टन संघका जिल्ला सचिव हर्षनारायण श्रेष्ठ, अन्जना शिवाकोटी, दीपमान लोप्चन, हरिवन उद्योग वाणिज्य संघका अध्यक्ष प्रयागराज पोतेलगायतको आतिथ्यता रहेको थियो ।