लालबन्दी – लालबन्दीमा जारी वडाध्यक्ष कप फुटबल प्रतियोगिता–२०८० को उपाधिका लागि आज (शुक्रबार) वडा नं. २ र १६ ले प्रतिस्पर्धा गर्दै छन् ।
वडा नं. १६ प्रतियोगिताको साबिक बिजेता समेत हो । यसअघि दुई पटक उपाधि जितिसकेको वडा नं. १६ ले यो पटक पनि फाइनलमा बिजयी हाँसिल गरे उपाधिमाथि ह्याट्रिक गर्ने छ । फाइनल खेल दिउँसो २ बजेपछि लालबन्दी नगरपालिका वडा नं. ८ स्थित खेल मैदानमा हुने फुटबल प्रशिक्षक अर्जुन चौधरीले जानकारी दिए ।
असोज २४ गतेबाट सुरु भएको प्रतियोगितामा नगरपालिकाको १७ वटै वडाले सहभागिता जनाएका थिए । प्रतियोगितामा हिजो तेस्रो स्थानका लागि भएको प्रतिस्पर्धामा वडा नं. ६ ले वडा नं. १७ लाई २–१ गोलले पराजित गरेको छ ।
लालबन्दी नगरपालिकाले आयोजना गरेको यस प्रतियोगिताको बिजेता तथा उपबिजेतालाई क्रमश ः एक लाख र ५० हजार तथा तेस्रो हुने टिमलाई २५ हजार रुपैयाँ प्रदान गरिने छ । आज पुरस्कार वितरणसँगै प्रतियोगिताको समापन गरिएको लालबन्दी ८ का वडाध्यक्ष शुक्रबहादुर तामाङले बताए ।
यही प्रतियोगिताको अवसरमा हिजो लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकाको महिला टिमबीच भएको खेल एक–एक गोलको बराबरीमा सकिएको थियो ।