मलंगवा – ६८ औँ प्रहरी दिवसका अवसरमा शनिबार सर्लाहीका विभिन्न धार्मिक तथा पर्यटकीय स्थल सरसफाई गरिएको छ ।
जिल्लाभरका धार्मिक स्थल र आन्तरिक पर्यटकको चहलपहल हुने ठाउँहरुमा सरसफाई गरिएको सर्लाही प्रहरीले जनायो ।
सर्लाही प्रहरीका निमित्त प्रमुख डीएसपी दीपेन्द्र पन्जियार थारुले जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटमार्फत मन्दिरलगायत अन्य धार्मिक र पर्यटकीय स्थलमा सरसफाई गरिएको जानकारी दिए ।