बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिकामा मंगलबार शिक्षा विद्येयक–२०८० जलाइएको छ ।
संसदमा दर्ता भएको विद्येयक नेपाल शिक्षक महासंघको अगुवाईमा सम्पूर्ण शिक्षक मिलेर जलाएका हुन् । महासंघकी ईश्वरपुर नगर अध्यक्ष लक्ष्मी बाँनियाको नेतृत्वमा विद्येयक जलाइएको ईश्वरपुरका शिक्षकले बताएका छन् ।
राष्ट्रव्यापी कार्यक्रम अन्तर्गत सर्लाहीका शिक्षकहरु पनि काठमाडौं केन्द्रित आन्दोलन गर्न संघीय राजधानी जाने क्रम जारी छ ।