logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गर्ने एक पक्राउ


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रहरी कार्यालय सर्लाही । (तस्बीर : उज्यालो अभियान)

हरिवन – बैदेशिक रोजगारीको प्रलोभन देखाइ विभिन्न ब्यक्तिबाट रकम ठगेको आरोपमा सर्लाही प्रहरीले एकजनालाइ पक्राउ गरेको छ ।

हरिवन नगरपालिका–११ का ४० बर्षीय मिन बहादुर कार्कीलाइ बैदेशिक रोजगारीको प्रलोभन देखाइ ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका कार्कीले जिल्लाका विभिन्न स्थानका १३ जनालाइ विभिन्न देशमा पठाइदिने भनेर ८७ लाख नगद उठाएका छन् ।

कार्की विरुद्घ बैदेशिक रोजगार विभागमा उजुरी परेपछि नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका कार्कीलाई आवश्यक कार्वाहीका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।

यस आर्थीक वर्षमा बैदेशिक रोजगारीमा ठगी, साइबर क्राइम तथा बैंकिङ कसुर आरोप लागेको १२ जनालाई काठमाडौं पठाइसकिएको जिल्ला प्रहरी कार्यालयको तथ्यांक छ ।