सन्जु कर्ण, लालबन्दी – सर्लाहीको प्रमुख व्यापारिक केन्द्र लालबन्दी बजारमा आज (बिहीबार) बाट नयाँ चलचित्र घर (सिनेमा हल) संचालनमा आएको छ ।
लालबन्दी नगरपालिका–७, स्थित मुख्य बजारमा रहेको गोले कम्प्लेक्सको तेस्रो तलामा ‘इभेन्ट सिनेमाज’ नामक सिनेमा हल संचालनमा ल्याइएको हो । सिनेमा हलको आज बिहान मधेश प्रदेशसभाकी सदस्य बेची लुङ्गेली र पूर्व राज्यमन्त्री शम्भुलाल श्रेष्ठले रिवन काटेर संयुक्त रुपमा उद्घाटन गरेका छन् ।
करिव तीन दशक अघि पुरानो विणा चलचित्र मन्दिर भएको स्थानमा व्यवसायी प्रेम गोलेले नयाँ सिनेमा हल संचालनमा ल्याएका हुन् । संचालक गोलेका अनुसार सिनेमा हलमा १९० वटा सिट छन् ।
परिवारका सदस्य, साथीभाई एकै ठाउँमा बसेर चलचित्र हेर्न मिल्ने गरी २२ जना अट्ने बेग्लै क्याबिनको समेत व्यवस्था गरिएको सञ्चालक गोलेले बताए ।
सिनेमालमा सिनेमा प्रदर्शनसहित सभा, सम्मेलन समेत गर्न मिल्ने गरी हल निर्माण गरिएको छ । लालबन्दीमा यसअघि देखिनै विणा चलचित्र हल संचालनमा छ ।