बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिकामा शुक्रबार नगरभित्रका कृषि समूहलाई ५० प्रतिसत अनुदानमा सिँचाई मोटर वितरण गरिएको छ ।
नगरपालिकाले विभिन्न कृषक समूहलाई ५० प्रतिसत अनुदान दिएर सिँचाई मोटर वितरण गरेको हो । सामूहिक तरकारी खेती तथा अन्य कृषि पेशा गर्ने समूहलाई सिँचाईका लागि केही मात्रामा भएपनि सहुलियत मिलोस् भन्ने उद्देश्यले मोटर वितरण गरिएको मेयर मनोजकुमार आचार्यले जानकारी दिए ।
मेयर आचार्य, उपमेयर रन्जिता देवी चौधरी, विभिन्न वडाका वडाध्यक्ष लगायत भएर सिँचाई मोटर वितरण गरेका हुन् ।