नेपाल शिक्षक महासंघ हरिवन नगर समितिकाे आव्हानमा आईतबार हरिवन नगरपालिका कार्यालयमा धर्ना दिँदै शिक्षकहरु । (तस्बिर : उज्यालाे अभियान)
हरिवन, साउन २८ – नेपाल सरकारद्वारा संघिय संसदमा प्रस्तुत शिक्षा ऐनको मस्यौदा बिरुद्ध हरिवनका शिक्षकहरुले हरिवन नगरपालिका कार्यालयमा घेराउ सहित धर्ना दिएका छन् ।
राष्ट्रव्यापी कार्यक्रम अन्तर्गत नेपाल शिक्षक महासंघ हरिवनकाे आयाेजनामा आईतबार बिहान ११ बजेदेखि दिउँसाे २ बजेसम्म नगरपालिका कार्यालयमा धर्ना दिईएकाे नेपाल शिक्षक महासंघ हरिवन नगर समितिका सचिब नेत्र विक्रम कार्की (राजन) ले जानकारी दिए । कार्कीका अनुसार आगामी साउन ३० गते मंगलबार जिल्ला समन्वय समितिकाे कार्यालय मलंगवामा जिल्ला भरका शिक्षकहरुकाे धर्ना कार्यक्रम रहेकाे छ ।