logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

खाेलामा फेला परेकाे पुरुषकाे टाउकालाई काठमाडाैं पठाईँदै


  • उज्यालो अभियान

गिँडेकाे अवस्थामा फेला परेकाे युवककाे अनुहार प्रष्ट देखिने टाउकाे । (नाेट : यथाशिघ्र युवककाे पहिचान खुलाेस् भन्ने उद्देश्यले प्रहरीबाट प्राप्त याे फाेटाे राखिएकाे हाे ।)

टंकबहादुर क्षेत्री/हरिवन, साउन २५ – हरिवन नगरपालिका अन्तर्गत महेन्द्र राजमार्गमा पर्ने लखन्देही पुल तल गिँडिएकाे अवस्थामा फेला परेकाे पुरुषकाे टाउकाेलाई काठमाडाैं पठाईने भएकाे छ ।

सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पतालले पाेष्टमार्टम गर्न नमानेपछि प्रहरीले उक्त टाउकाेलाई सुरक्षीत रुपमा काठमाडाैं पठाउन लागेकाे हाे । पाेष्टमार्टम गर्नका लागि टाउकाेलाई काठमाडाैं पठाईन लागेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) नरेशराज सुवेदीले जानकारी दिए ।´उक्त टाउकाकाे काठमाडाैंमै पाेष्टमार्टम गर्दा सहि रिपाेर्ट आउने भन्दै मलंगवा स्थित प्रादेशिक अस्पतालका चिकित्सकहरुले मान्नु भएन`, एसपी सुवेदीले यश पंक्तिकारसँग भने, ´त्यसैले टाउकाेलाई काठमाडाैं नै पठाउने तयारी गर्दैछाैं ।`

प्रादेशिक अस्पताल मलंगवाका प्रमुख डा. नवलकिशाेर झाले टाउकाेकाे मात्र पाेष्टमार्टम गर्न पर्ने भएकाले विशेषज्ञ भएकाे स्थानमै पठाउन प्रहरीलाई भनेकाे जानकारी दिए । ´हामीकहाँ तालिम लिएका एमबीबीएस डाक्टर साबहरुले मात्र पाेष्टमार्टम गर्नुहुन्छ`, डा. झाले उज्यालाे अभियानसँग भने, ´त्यसैले सुविधासम्पन्न ठाउँमा दक्ष जनशक्तिबाटै पाेष्टमार्टम गराउन प्रहरीलाई भनेका छाैं ।` हाल उक्त टाउकाे प्रादेशिक अस्पताल मलंगवाकै पाेष्टमार्टम कक्षमा राखिएकाे छ ।

हरिवन नगरपालिका-४, सासापुरकाे लखन्देही पुलबाट करिब ५० मिटर दक्षिण खाेला किनारमा शरिरबाट घाँटीमा गिँडेर फालिएकाे टाउकाे मात्र फेला परेकाे थियाे । विहिबार बिहान स्थानीयले देखेर खबर गरेपछि प्रहरीले जानकारी पाएकाे हाे । अनुहार हेर्दा २०-२२ वर्षका युवक जस्तै देखिन्छ ।

टाउकाेमा हिलाे माटाे लागेकाे देखिएपनि उक्त टाउकाे खाेलाले नै बगाएर भने नल्याएकाे प्रहरीकाे अनुमान छ । ´अन्तै कतै काटेर त्यहाँ फालिएकाे हुनसक्ने वा साेही ठाउँमै टाउकाे काटेर शरीर अन्तै लगिएकाे हाे भन्ने लगायत विभिन्न काेणबाट अनुसन्धान अगाडि बढाएका छाैं`, एसपी सुवेदीले पंक्तिकारलाई भने, ´अभियुक्तहरुले अन्तैबाट बगाएर ल्याएकाे हाे भन्ने देखाउन माटाे दलिदिएकाे पनि हुन सक्छ ।`

शरिरकाे अन्य भाग खाेज्न तथा टाउकाकाे पहिचानका लागि लखन्देही खाेला आसपास तथा जिल्ला स्थित अन्य स्थानका सुरक्षाकर्मीलाई परिचालन गरिएकाे र छिमेकी जिल्लाहरुमा समेत घटनाबारे पत्राचार गरिएकाे एसपी सुवेदीले जानकारी दिए । ´सर्वप्रथम टाउकाकाे पहिचान भएमात्र घटनाकाे नजिक पुग्न सकिने भएकाले पहिचानका लागि नै प्राथमिकतामा राखेर अनुसन्धान अगाडि बढाईएकाे छ ।` एसपी सुवेदीले भने ।

विशेषगरि टाउकाे फेला परेकाे स्थान हेर्ने ईलाका प्रहरी कार्यालय हरिवनकाे टाेलीलाई अनुसन्धान एवं खाेजतलासमा व्यापक रुपमा खटाईएकाे छ । शरिरकाे खाेजतलास गर्न तथा टाउकाकाे पहिचान खुलाउन आफ्नाे एरियाका सबै ठाउँहरुमा विभिन्न टाेली नै बनाएर खटाईएकाे ईलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरिक्षक शिवराम थापाले जानकारी दिए ।

घाँटीमा धारिलाे हतियारले छिनालेकाे अवस्थामा युवककाे सग्लाे टाउकाे मात्र फेला परेपछि सम्बन्धित सुरक्षा अधिकृतहरु माथि ठूलाे चुनाैती देखिएकाे छ । नहुनु घटना भईगाे, यथाशिघ्र अपराधीहरुकाे पहिचान गरि न्यायकाे कठघरामा उभ्याउँदै जतिसुकै लुकाएर अपराधकर्म गरेपनि प्रहरीले पत्ता लगाउन सक्छ भन्ने सन्देश छर्ने अवसर समेत सुरक्षा अधिकृतहरुलाई छ ।

याे पनि पढ्नाेस्

https://ujyaaloabhiyan.com/2023/08/10/%e0%a4%b2%e0%a4%96%e0%a4%a8%e0%a5%8d%e0%a4%a6%e0%a5%87%e0%a4%b9%e0%a5%80-%e0%a4%aa%e0%a5%81%e0%a4%b2-%e0%a4%a4%e0%a4%b2-%e0%a4%aa%e0%a5%81%e0%a4%b0%e0%a5%81%e0%a4%b7%e0%a4%95%e0%a5%8b-%e0%a4%97/