logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

लखन्देही पुल तल पुरुषको गिँडेको टाउको फेला पर्यो


  • उज्यालो अभियान

युवकको टाउको मात्रै भेटिएको स्थान । (तस्बीर : रोशन न्यौपाने/उज्यालो अभियान)

घटनास्थलमा अनुसन्धान गर्दै प्रहरी उपरीक्षक नरेशराज सुवेदी सहित सुरक्षाकर्मी टाेली (माथी) र फेला परेकाे टाउकाेकाे गिँड (तल) ।

हरिवन, साउन २५ – हरिवन नगरपालिका अन्तर्गत महेन्द्र राजमार्गमा पर्ने लखन्देही पुल तल पुरुषकाे टाउकाे मात्र फेला परेकाे छ ।

टाउकाे फेला परेकाे स्थान (राताे घेरा) ।

लखन्देही पुलबाट करिब ५० मिटर दक्षिण खाेला किनारमा शरिरबाट धारिलो हतियारले गिँडेर फालिएकाे टाउकाे मात्र फेला परेकाे हाे । विहिबार बिहान स्थानीयले खबर गरेपछि प्रहरी टाेली घटनास्थल पुगेको थियो । हरिवन नगरपालिका–४, सासापुर स्थित खोलाको किनारमा फेला परेको टाउकाेलाई उठाएर पाेष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पताल पठाईएकाे प्रहरी उपरीक्षक नरेश राज सुवेदीले जानकारी दिए ।
टाउकाेमा माटाे लागेकाे देखिएकाले मास्लाे भेकबाट खाेलाले नै बगाएर ल्याएकाे हाे कि, कसैले गाडीमा ल्याएर त्यहाँ फालेकाे हाे यसै भन्न सकिने अवस्था नरहेकाे प्रहरीले जनाएकाे छ । घटनाबारे सिन्धुली प्रहरीलाई पनि जानकारी गराईएकाे र शरिरकाे अन्य भाग खाेजतलासका लागि लखन्देही आसपासका सम्पूर्ण युनिटलाई परिचालन गरिएकाे प्रउ सुवेदीले जानकारी दिए ।
(नोट :– पूनः सम्पादन गरिएको ।)