लालबन्दी – दक्षिण एशियाली फुटबल महासंघ (साफ) को कार्यक्रम अनुसार १६ वर्षमुनिको साफ च्याम्पियनशीप छनौटका लागि सर्लाहीबाट ७ जना खेलाडी छनौट गरेर पठाइएको छ ।
१६ वर्षमुनिको साफ च्याम्पियन फुटबल आगामी भदौ १५ गतेदेखि २५ गतेसम्म भुटानमा आयोजना हुँदैछ । भोलीदेखि एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने अन्तिम चरणको छनौटका लागि सर्लाहीबाट ७ जना खेलाडी छनौट गरी आज बिदाई गरिएको सर्लाही जिल्ला फुटबल संघ सर्लाहीका महासचिव कुलप्रसाद गौतम (शिवहरि) ले जानकारी दिए ।
छनौट भएका खेलाडीमा ईश्वरपुर १३ का सुरत पंगेनी, लालबन्दी १६ का मनिस राना, लालबन्दी २ का सुरज स्याङतान, हरिवन ५ का अर्पण घिसिङ, ईश्वरपुर २ का सफल गोले र हरिवन २ का ईश्वर घलान रहेका छन् । सातै जना खेलाडीलाई सर्लाही जिल्ला फुटबल संघका महासचिव गौतम र उपाध्यक्ष विभुसिंह थापाले खादा ओढाएर बिदाई गरे ।
खेलाडीको व्यवस्थापनका लागि प्रशिक्षक श्याम कटुवाललाई पनि बिदाई गरी काठमाडौं पठाइएको सर्लाही जिल्ला फुटबल संघले जनाएको छ ।