logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दी खानेपानीले हिजोदेखि धारामा पानी नपठाउँदा समस्या


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दीमा खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले हिजो (मंगलबार) देखि धारामा पानी नपठाउँदा स्थानीय खानेपानीको समस्यामा परेका छन् ।

खडेरीका कारण चापाकल र इनार सुकिरहेका बेला धारामा पानी नआउँदा स्थानीय मारमा परेका हुन् । खानेपानीले लालबन्दी ६ स्थित लेखाली चौरस्थित प्रधान कार्यालय रहेको ठाउँको ट्याङकीको मुल भल्वमा स्काडाको उपकरण जडान गर्नका लागि हिजो बिहान ९ बजेपछि पानी बन्द गरेको थियो ।

यो उपकरण जडानपछि पानीको चुहावट तथा चोरी नियन्त्रणमा सहयोग पुग्ने संस्थाले जनाएको छ । राति अबेरसम्म उपकरण जडानको काम सकेर पानी छाड्ने तयारी भएपनि काम पूरा नभएपछि आज (बुधबार) बिहान ७ बजेपछि पानी छाडिसकिएको संस्थाका कार्यालय प्रमुख मुकुन्दकुमार श्रेष्ठले दावी गरेका छन् । उनले मुल ट्यांकीबाट पानी छाडिसकिकाले अब सबैतिरको धारामा पानी आउने बताए ।

श्रेष्ठले सबै स्थानका ओभरहेड ट्यांकीमा उक्त उपकरण जडान गर्ने कार्य अन्तिम चरणमा पुगेकाले अब पानी वितरण नियमित हुने श्रेष्ठले उज्यालो अभियानसँग बताएका छन् ।