logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

१७ घर मुसहरलाई साप नेपालद्वारा बंगुर तथा खोर हस्तान्तरण


  • उज्यालो अभियान

चन्द्रनगर – सर्लाहीको चन्द्रनगर गाउँपालिका–६, कामदका मुसहर महिलालाई साउथ एसिया पार्टनरशीप नेपाल (साप नेपाल) ले आज बंगुरको खोर निमार्ण गरी १७ वटा बंगुर हस्तान्तरण गरेको छ ।

मुसहर समुदायलाई बंगुर पालन गरेर आयआर्जन गरि जिविकोपार्जन गर्ने उदेश्यले बंगुर वितरण गरेको साउथ एसिया पार्टनरशीप नेपालका प्रादेशिक संयोजक जनक कार्कीले बताए । मुसहर समुदायमा सामुहिक रुपमा बंगुर पाल्नका लागी १५ वटा खोर निमार्ण गरेर १७ जनालाई बंगुरपालनका लागी साप नेपालले आज ३ लाख बराबरको रकम सहयोग गरेको कार्कीले जानकारी दिए ।

आर्थिक अभाब, उचित ज्ञान र शिप नहँुदा मुसहर समुदायमा गरिविको कारण विहान–वेलुकाको छाक टार्न मुस्कील पर्ने गरेको छ । कामको खोजीमा गाँउका अधिकासं पुरुष भारतका बिभिन्न सहरहरुमा गएर सस्तो मुल्यमा काम गर्न बाध्य छन् ।

गाउँका बीचौलियाले उनिहरुलाई भारतमा लगेर रोजगारी लगाउने नाउँमा कम पारिश्रमिक दिएर श्रम शोषण गर्ने गरेको नेपाल राष्ट्रिय मुसहर संघ सर्लाहीका अध्यक्ष ऋतुराज रिषीले बताए । पहिले नगरिकता,जन्म दर्ता नभएको कारण सरकारले दिने सेवा सुबिधाबाट समेत बन्चित हुनु परेकाले मुसहर बस्तीमा बिगत एक बर्ष देखी साप नेपालले जन्मदर्ता र बिद्यालय भर्ना अभियान चलाउदै आएको थियो ।

हाल मुसहर समुदाय बाख्रा, बंगुर पालेर गाँउमै बसेर आयाआर्जन गरेर आफ्ना बालबालिकालाई बिधालयमा पठाउन थालेका छन् । गाँउपालिकाले पनि गरिव तथा विपन्न मुसहर समुदायका मानिसलाई प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत काम गराउदै आएको गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले बताए ।

मुसहर समुदाय साँघुरो बस्तीमा धेरै मानिसहरु बसोबास गर्ने भएकाले बस्नको लागी समस्या भएको र अझ पशुपालनको लागी ठाँउ नभएको सहकारीकी अध्यक्ष शिवकली देवी माझीले बताए ।

अन्डेफको आर्थिक सहयोग र साप नेपालको आयोजनामा संचालित लैङ्गिक उत्तदायी सुशासन प्रबद्र्धन कार्यक्रम अन्तर्गत चन्द्रनगरमा मुसहर महिला शक्तिकरण मञ्चका सदस्यलाई जेन्डर, समुह व्यवस्थापन, नेतृत्व विकास, सामाजिक मुल्य मान्यत, बाल विवाह, बहुविवाह बिरुद्ध सचेतना कार्यक्रम संचालन गर्दै आएको छ ।