logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

लालबन्दीमा ब्ल्याक बेल्ट प्रमोशन टेष्ट लिइयो


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको लालबन्दीमा शनिबार नेपाल क्योकुशिन कान कराँतेको ब्ल्याक बेल्ट प्रमोशन टेष्ट सम्पन्न भएको छ ।

मधेश प्रदेशसहित कोशी र बागमती प्रदेशका १२ जना खेलाडीलाई सहभागी गराई ब्ल्याक बेल्ट प्रमोशेन टेष्ट सम्पन्न भएको हो । सहभागी खेलाडीलाई काठमाडौंबाट आएका प्रशिक्षक धनबहादुर तामाङ र पोखराबाट आएका प्रशिक्षक लक्ष्मण कुँवरसहित सर्लाहीका सुवास काफ्ले र शशी देवकोटाले टेष्ट लिए ।

नेपाल क्योकुशिन कान कराते संघ सर्लाहीका अध्यक्ष गोपाल श्रेष्ठको अध्यक्षता तथा मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा लालबन्दी ५ स्थित कबर्ड हलमा आयोजित कार्यक्रममा लालबन्दी नगरपालिकाको खेलकुद समितिका अध्यक्ष तथा वडा नं. १७ का वडाध्यक्ष विष्णुहरि अधिकारीसहित विभिन्न वडाका वडाध्यक्षसहित अन्य खेलप्रेमीहरुको उपस्थिति रहेको नेपाल क्योकुशिन कान कराँते संघ सर्लाहीका सचिव शशी देवकोटाले जानकारी दिए ।