logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

हरिवनकाे चक्काजाम खुल्याे


  • उज्यालो अभियान

स्थानीयले टायर बालेर महेन्द्र राजमार्गमा चक्काजाम गरेपछि खटिएका सुरक्षाकर्मीहरु । (तस्बिर : उज्यालाे अभियान)

हरिवन – विद्यालयकाे ढाेकाले थिचिएर विद्यार्थीकाे मृत्यु भएपछि आफन्त तथा स्थानीयबासीले हरिवनकाे नयाँराेड स्थित पूर्व-पश्चिम राजमार्ग गरेकाे अवराेध हटेकाे छ ।

विद्यालयले मृतकका परिवारलाई राहत स्वरुप १० लाख नगद तथा किरिया खर्च बापत ५० हजार दिने र घाईते विद्यार्थीकाे उपचार खर्च व्यहाेर्ने भएपछि स्थानीयले राजमार्गकाे अवराेध हटाएका हुन् । साेमबार बिहान हरिवन नगरपालिका-९ नयाँराेड स्थित ज्ञानज्याेती बाेर्डीङ स्कूलकाे कम्पाउण्ड वालकाे मूलगेट लढेर थिच्दा साेही स्कूलमा यू केजीमा बागमती नगरपालिका-४ जिरायत निवासी आकाश बलका छाेरा ५ वर्षीय आयुष बलकाे फलामकाे गेटले थिच्दा मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय हरिवनले जनाएकाे छ । गेटले थिच्दा साेही स्कूलकाे २ कक्षामा पढ्ने ७ वर्षीय आदित्य लाे घाईते भएका छन् । उनकाे वीरगंजमा उपचार भईरहेकाे छ ।

विद्यालय सञ्चालककाे लापरबाहीले गर्दा विद्यार्थीकाे मृत्यु भएकाे भन्दै मृतकका आफन्त एवं स्थानीय बासिन्दाले दिउँसाे सबा ४ बजे देखि चक्काजाम गरेका थिए । त्यस्तै प्रदर्शनकारीले विद्यालय भवनमा समेत ढुंगामुढा गरेर क्षति समेत पुर्याएकाे स्थानीय प्रत्यक्षदर्शीले जनाएका छन् । सहमति लगतै आफन्तले मृतक बालककाे शव पाेष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित प्रादेशिक अस्पताल लैजान दिएका छन् ।

याे पनि पढ्नाेस्

विद्यार्थीकाे मृत्यु पछि हरिवनकाे नयाँराेड स्थित महेन्द्र राजमार्ग चक्काजाम

विद्यालयकाे गेटले थिचिएर विद्यार्थीकाे मृत्यु