स्थानीयले टायर बालेर महेन्द्र राजमार्गमा चक्काजाम गरेपछि खटिएका सुरक्षाकर्मीहरु । (तस्बिर : उज्यालाे अभियान)
हरिवन – विद्यालयकाे कम्पाउण्डवालमा हालिएकाे मूलगेट (ढाेका) ले थिचिएर एक विद्यार्थीकाे मृत्यु भएपछि आफन्त एवं स्थानीय बासिन्दाले महेन्द्र राजमार्गमा चक्काजाम गरेका छन् ।
साेमबार दिउँसाे साँढे ४ बजेदेखि हरिवन नगरपालिका-९, नयाँराेड स्थित महेन्द्र राजमार्गमा टायर बालेर मृतक बालकका आफन्त एवं स्थानीय बासिन्दाले अवराेध गरेका हुन् । पीडित परिवार एवं आफन्तजनलाई सम्झाई बुझाई राजमार्गकाे अवराेध हटाउने प्रयास भईरहेकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ । पीडित परिवार एवं आफन्तले विद्यालय सञ्चालककाे लापरवाहीले आफ्नाे बालककाे मृत्यु भएकाे भन्दै दाेषिमाथि कार्बाही तथा उचित क्षतिपूर्तीकाे माग राख्दै महेन्द्र राजमार्गमा चक्काजाम गरेकाे बुझिएकाे छ । हरिवनकाे नमूना अस्पतालमा रहेकाे मृतक बालककाे शव समेत परिवारजनले नबुझेकाे तथा विद्यालयमा समेत सामान्य ताेडफाेड भएकाे स्थानीयले बताएका छन् ।
साेमबार बिहान हरिवन नगरपालिका-९ नयाँराेड स्थित ज्ञानज्याेती बाेर्डीङ स्कूलकाे कम्पाउण्ड वालकाे मूलगेट लढेर थिच्दा साेही स्कूलमा यू केजीमा पढ्ने आयुष बलकाे मृत्यु भएकाे छ । बागमती नगरपालिका-४ जिरायत निवासी आकाश बलका छाेरा ५ वर्षीय आयुषकाे फलामकाे गेटले थिच्दा मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय हरिवनले जनाएकाे छ । गेटले थिच्दा साेही स्कूलकाे २ कक्षामा पढ्ने ७ वर्षीय आदित्य लाे घाईते भएका छन् । उनकाे स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेकाे छ ।
याे पनि पढ्नाेस
साेमबार बिहान सबा १० बजे विद्यालय भित्र छिर्ने बेलामा कम्पाउण्डवालकाे ढाेका एक्कासी लड्दा दुई बालक थिचिएका हुन् । नट फुस्किएर ढाेका ढलेकाे बताईएकाे छ