logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

विद्यालयकाे गेटले थिचिएर विद्यार्थीकाे मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

हरिवन – विद्यालयकाे कम्पाउण्डवालमा हालिएकाे मूलगेट (ढाेका) ले थिचिएर एक विद्यार्थीकाे मृत्यु भएकाे छ भने अर्का एकजना विद्यार्थी घाईते भएका छन् ।

हरिवन नगरपालिका-९ नयाँराेड स्थित ज्ञानज्याेती बाेर्डीङ स्कूलकाे कम्पाउण्ड वालकाे मूलगेट लढेर थिच्दा साेही स्कूलमा यू केजीमा पढ्ने आयुष वलकाे मृत्यु भएकाे छ । बागमती नगरपालिका-४ जिरायत निवासी आकाश बलका छाेरा ५ वर्षीय आयुषकाे फलामकाे गेटले थिच्दा मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय हरिवनले जनाएकाे छ । गेटले थिच्दा साेही स्कूलकाे २ कक्षामा पढ्ने ७ वर्षीय आदित्य लाे घाईते भएका छन् । उनकाे स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भईरहेकाे छ ।

साेमबार बिहान सबा १० बजे विद्यालय भित्र छिर्ने बेलामा कम्पाउण्डवालकाे ढाेका एक्कासी लड्दा दुई बालक थिचिएका हुन् । नट फुस्किएर ढाेका ढलेकाे बताईएकाे छ ।