logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

जानकीनगर साझेदारी वनको नयाँ नेतृत्व छान्न मतदान, मतगणना सुरु गर्ने तयारी


  • उज्यालो अभियान

मूर्तिया – सर्लाहीको मूर्तियामा जानकीनगर साझेदारी वन व्यवस्थापन समूहको नयाँ नेतृत्व चयन गर्न आज मतदान सम्पन्न भएको छ ।

यो वन क्षेत्र अन्तर्गत जिल्लाका ९ पालिकाका ७५ वटा वडा पर्छन् । ति वडामा वडा भेला गरी ७–७ जनाको हिसाबले छानिएर आएका ५२५ जनामध्ये आजको मतदानमा ४५५ जनाले मतदान गरेका छन् ।

शान्तिपूर्णरुपमा मतदान सकिएपछि मतगणना सुरु गर्ने तयारी गरिएको छ । साझेदारी वनको अध्यक्षमा पूर्व अध्यक्ष रामविश्वास राय, रामबाबु राय र इन्दल दासले उम्मेदवारी दिएका छन् । त्यसैगरी, उपाध्यक्षमा दुई जना सन्तबहादुर घिसिङ र कृष्णमाया घिसिङको उम्मेदवारी परेको छ ।

वन समूहको साधारण सभा गएको जेठ १९ गते नै उद्घाटन भएपनि नेतृत्वमा सहमती हुन नसकेपछि आज मतदान गराइएको हो । कुनै विवाद नआए मतगणना आजै राति अबेर सकेर मतपरिणाम घोषणा गर्ने तयारी रहेको निर्वाचन समितिले जनाएको छ ।