logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

कांग्रेसका केन्द्रिय नेताहरुले लालबन्दीमा भेटे अगुवा नेता कार्यकर्ता


  • उज्यालो अभियान

लालबन्दी – नेपाली कांग्रेसका केन्द्रिय सदस्यसहितका केही नेताहरुले बुधबार लालबन्दीमा यहाँका अगुवा पार्टी कार्यकर्तासँग भेट गरेका छन् ।

केन्द्रिय सदस्य मधु आचार्य, नेता जगदीश नर्सिङ केसीलगायतले लालबन्दीमा नेता कार्यकर्तासँग भेट गरी समसामायिक विषयमा छलफल गरेका हुन् । कार्यक्रममा कांग्रेस सर्लाहीका पूर्व सभापति लक्ष्मण राय, संविधान सभाका सदस्य रामचन्द्र चौधरी, पूर्व सचिव नवीन अधिकारी, इन्द्र योन्जन, प्रदेश सभा सदस्य कौशलकिशोर राय, इन्द्र योन्जन, युवराज देवकोटा, सीताराम दाहाल, अनिल कर्णलगायतको उपस्थिति रहेको थियो ।

काठमाडौंबाट आएका केन्द्रिय नेताहरुले यहाँका अगुवा नेता कार्यकर्तालाई मुलुकको वर्तमान अवस्था, कांग्रेस पार्टीले खेलिरहेको भूमिकालगायतबारे प्रष्ट्याएका कार्यक्रम संचालक उद्धवप्रसाद पौडेलले बताए ।