logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

उद्योग वाणिज्य संघ लालबन्दीको नवौं साधारण सभा आज


  • उज्यालो अभियान

लालबन्दी – ‘सम्मानित निजी क्षेत्र, सम्मुन्नत नेपाल’ भन्ने आदर्श वाक्यसहित उद्योग वाणिज्य संघ लालबन्दीको नवौं वार्षिक साधारण सभा आज (आइतबार) हुँदै छ ।

यो साधारण सभा नेतृत्व चयन गर्ने नभई एक वर्षमा गरेका निर्णय र हरहिसाबसँगै आगामी वर्षको बजेट तथा कार्यक्रम पारित गर्ने वार्षिक साधारण सभा मात्रै भएको अध्यक्ष दीपेन्द्रकुमार बलम्पाकीले उज्यालो अभियानसँग बताए । अध्यक्ष बलम्पाकीका अनुसार प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा साधारण सभा गर्न लागिएको हो ।

साधारण सभा लालबन्दी ६ स्थित संस्थाकै सभा हलमा गर्न लागिएको उद्योग वाणिज्य संघ लालबन्दीले जनाएको छ ।