लालबन्दी – जिल्लाकै उत्कृष्ट बन्दै गइरहेको लालबन्दीस्थित जनज्योति नमूना माध्यमिक विद्यालयमा भर्ना हुन आज (शनिबार) विद्यार्थीको प्रवेश परीक्षा (इन्ट्रान्स) लिइँदै छ ।
परीक्षा दिन विद्यार्थी विद्यालयमा जम्मा भइसकेका छन् । आफ्ना सन्ततिले विद्यालयमा भर्ना हुनका लागि परीक्षा दिन लाग्दै गर्दा उनीहरुको अभिभावक पनि सँगै आएको देखिन्छ ।
यो विद्यालयमा यो वर्ष कक्षा ४ देखि ९ सम्म अंग्रेजी माध्यममा, ९ मा नेपाली तथा एग्रिकल्चरमा अध्ययनका लागि ४८० जना विद्यार्थीको कोटा तोकिएको छ । त्यति कोटाका लागि एक हजार भन्दा बढी विद्यार्थीको आवेदन परेको विद्यालयका लेखापाल अभिषेक दाहालले जानकारी दिए ।
जनज्योतिमा पछिल्लो समय दक्षिणी भेगका विद्यार्थीको धेरै आकर्षण देखिन्छ । यहाँ अधिकांश दक्षिणी भेगका विद्यार्थी कोठा गरेर पढ्न बस्ने गरेका छन् ।