राजु लो तामाङ/नवलपुर – राष्ट्रिय शिक्षा पुरस्कारबाट सर्लाहीका सुदीप कार्की सम्मानित भएका छन् ।
काठमाडौंमा भएको गीता अभियसन ग्यालेक्सी एक्सलेन्स अवार्ड सिजन–२ अन्तर्गत द नेशनल एजुकेसन हिरो अवार्डबाट कार्की काठमाडौंमा सम्मानित भएका हुन् । सर्लाही जिल्लालगायत देशका विभिन्न सहरमा रही शिक्षाको क्षेत्रमा राष्ट्र र समाजका निम्ति निरन्तर उल्लेखनीय महत्त्वपूर्ण योगदान पुर्याएको भन्दै आयोजकले उक्त अवार्ड वितरण गरिएको थियो ।
कार्की जिल्लाका विभिन्न ठाउँमा संचालित शिक्षा घरहरुमा अबद्धता रहेको छ । कम्युनिटी वेलफेयर इङलिस स्कुल लालबन्दी, ईश्वरपुर मनकामना इङलिस स्कुल, ब्राइट फ्युचर एकेडेमी परवानीपुर, एलिट इङलिस बोर्डिङ स्कुल कर्मैया, आर्य पब्लिक स्कुल गोडैता, मम्स ल्याप एकेडेमी मियाखोर, मकवानपुर एभरेस्ट स्कुल हेटौंडा, राजदेवी इङलिस स्कुल पत्थरकोट, बुद्ध एकेडेमी हिरापुर, जानकी बोर्डिङ स्कुल गोडैता, नोबेल स्कुल काठमाडौं, मनकामना इङलिस स्कुल हरिवन, संस्कार एकेडेमी काठमाडौंका विभिन्न शिक्षण संस्थामा आबद्ध रही निरन्तर शिक्षा क्षेत्रलाई अगाडी बढाउनमा कार्कीले महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन् ।
उक्त अर्वार्डबाट कार्की सँगै सर्वोत्कृष्ट नायक प्रदिप खड्का, सर्वोत्कृष्ट नायिका स्वस्तिमा खड्का, सर्वोत्कृष्ट कमेडी शो दिपाश्री निरौला, लोकप्रिय मिडिया पर्सन ऋषि धमला र वर्ल्ड जिनिस रेकर्ड होल्डर डा. डिएन उपाध्याय लगायत देशभरिबाट ६ विधाका ३५ जनालाई अवार्ड वितरण गरिएको थियो ।
कार्यक्रममा उद्योग तथा वाणिज्य मन्त्री रमेश रिजाल, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष तथा नायक भुवन केसी, हाँस्यकलाकार किरण केसी, बसुन्धरा भुषाल, दिनेश डिसी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।