logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सुनाखरीको १८ औँ साधारण सभा सम्पन्न


  • उज्यालो अभियान

लालबन्दी – महिलाहरु मात्रै मिलेर संचालन गरिरहेका लालबन्दी ८ स्थित सुनाखरी महिला बहुउद्देश्यीय सहकारी संस्थाको शनिबार १८ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष पम्फा लामाको अध्यक्षता तथा लालबन्दी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष शुक्रबहादुर पाख्रिनको प्रमुख आतिथ्यतामा संस्थाकै कार्यालय परिसरमा साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा लालबन्दी नगरपालिकाको महिला तथा बालबालिका शाखाकी प्रमुख डाककुमारी फूँयाल, टोल सुधार समिति लालबन्दीकी अध्यक्ष लक्ष्मी गोले प्रधानलगायतले मन्तव्य राखिन् ।

केही समयअघि बन्द नै हुन पुगिसकेको संस्था अहिले विस्तारै तंग्रिदै गई गत आर्थिक वर्ष २०७८/०७९ मा ५ लाख ८० हजार ५४० रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । संस्थामा अहिले ४९६ जना महिला दिदीबहिनी शेयर सदस्यका रुपमा आवद्ध छन् ।

साधारण सभामा संस्थाले ज्येष्ठ शेयर सदस्य नेत्रदेवी श्रेष्ठ, हरिमाया श्रेष्ठ र पूर्णकुमारी भुजेललाई शनिबार सम्मान गरेको छ । त्यस्तै, सबैभन्दा धेरै शेयर रकम राखेका वसन्ती श्रेष्ठ, डिल्लीमाया भण्डारी, डोलकुमारी फूँयाल, सरिता श्रेष्ठ र तारा श्रेष्ठ तथा एक आर्थिक वर्षमा सबैभन्दा धेरै बचत गर्ने दुर्गामाई श्रेष्ठ, तारामाया मोक्तान, रेविका सेन्चौरी, भरतकुमारी आले र सन्तमाया तामाङलाई समेत सम्मान गरिएको छ ।

यस्तै, गोलाप्रथा गरी ५ जना नियमित बचतकर्ता र ५ जना नियमित ऋण बुझाउने ऋणीलाई समेत सम्मान गरिएको संस्थाले जनाएको छ । सुशीला श्रेष्ठको स्वागत तथा पूजा श्रेष्ठको संचालन रहेको कार्यक्रममा सचिव मेनुका श्रेष्ठले संस्थाको हरहिसाब प्रस्तुत गरिन् ।