logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाही क्याम्पस मलंगवाको सभापतिमा अनेरास्ववियुका राय विजयी


  • उज्यालो अभियान

मलंगवा – सर्लाही क्याम्पस मलंगवाको स्ववियु सभापतिमा नेकपा एमाले निकट अनेरास्ववियुका धर्मेन्द्र राय (टका) विजयी भएका छन् ।

उनी ५५ मतको मतान्तरले सभापतिमा चयन भएका हुन् । रायले ३८६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी कांग्रेस निकट नेविसंघका सुजित यादवले ३३१ र मधेसी दलको गठवन्धनका रामप्रवेश साहले २६२ मत प्राप्त गरे ।