logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

बलरामा आयोजित मेयर कप क्रिकेटको उपाधि हथियौलले जित्यो


  • उज्यालो अभियान

बलरा – सर्लाहीको बलरा नगरपालिकामा आयोजित प्रथम मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि वडा नं. ११ हथियौलले जितेको छ ।

जनता नमूना माध्यमिक विद्यालय गडहीया डुमरियामा शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा वडा नं. १० सुदामालाई पराजित गर्दै हथियौलले उपाधि उचालेको हो । १२५ रनको लक्ष्य लिइ मैदान उत्रिएको हथियौलले १९.४ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।

जितसँगै हथियौलले १५ हजार नगदसहित ट्रफी उचालेको छ । उपबिजेता सुदमाले भने १० हजार रुपियाँमा चित्त बुझाएको छ ।

प्रतियोगिताको बिजेता तथा उपबिजेतार उत्कृष्ट खेलाडीलाई संविधान सभाका सदस्य शिवपुजन राय र बलरा नगरपालिकाका प्रमुख रामाशंकर प्रसाद कुशवाहाले पुरस्कार वितरण गरेका स्थानीय जितेश यादवले जानकारी दिए ।