प्रदेश सभा सदस्य सिंह ।
नवलपुर – सर्लाही क्षेत्र नं. ४ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंह नेपाली कांग्रेस मधेश प्रदेश सभामा संसदीय दलको उप–नेतामा मनोनित भएका छन् ।
कांग्रेस मधेश प्रदेशका सभापति एवं प्रदेश सभाको दलका नेता कृष्णप्रसाद यादवले सिंहलाई बिहीबार दलको उप–नेतामा मनोनित गरेका हुन् ।
दोस्रो पटक प्रदेशसभा सदस्यमा निर्वाचित सिंह यसअघिको सरकारमा महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका थिए ।