बसबरिया – गिरिजा प्रसाद कोइराला फाउण्डेसन सर्लाहीको संयोजकमा बसबरिया गाउँपालिका निवासी गजेन्द्र साह मनोनित भएका छन् ।
फाउण्डेसनकी अध्यक्ष तथा कांग्रेस नेतृ सुजाता कोइरालाले बसबरिया गाउँपालिकाको भवानीपुर निवासी साहलाई २ वर्षका लागि सर्लाही जिल्ला संयोजकमा मनोनित गरेकी हुन् । साहको मनोनयन पत्रमा फाउण्डेसनका विभिन्न जिल्ला स्तरीय योजना तथा कार्यक्रमहरु प्रदेश समितिसँग आवश्यक समन्वय तथा तथा सहकार्य गरी अगाडि बढाउनुहुने छ भनी उल्लेख गरिएको छ ।
कांग्रेसले पछिल्लो समय किसान संघ, नेविसंघलगायत भातृ संस्थाहरुको जिल्ला सभापतिहरु धमाधम मनोनयन गरिरहेको छ ।