logo
  • शुक्रबार, भदौ २६, २०८३ / Friday, Sep, 11 ,2026

राजर्षि जनक कप : आज सीएमजी संकटा र सिमरा भिड्दै


  • उज्यालो अभियान

कर्मैया – सर्लाहीको बागमतीमा जारी साताैं राजर्षि जनक कप फुटबल प्रतियाेगिता अन्तर्गत आज (मंगलबार) सीएमजी संकटा क्लब काठमाडाैं र नव जन जागृति युवा क्लब सिमरा बीच तेस्राे क्वाटरफाईनल खेल हुँदैछ ।

बागमतीस्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदान कर्मैयामा हुने खेल ठिक ३ बजे सूरु हुने म्याच कमिस्नर सागर मैनालीले जानकारी दिए । गत शुक्रबार विभागिय नेपाल पुलिस क्लबलाई हराउँदै क्वाटरफाईनल यात्रा तय गरेकाे सिमरा र साेझै बाई पाएकाे ए डिभिजन क्लब संकटा बीचकाे खेल प्रतिष्पर्धात्मक हुने आयाेजक बागमती क्लबका सचिब कुमार प्रधानले बताए । यसअघि दुई क्वाटरफाईनल खेलमा जीत निकाल्दै जावलाखेल युथ क्लब र सुदूरपश्चिम-११ सेमिफाईनल प्रवेश गरिसकेकाे छ ।

मधेश प्रदेशकै सर्वाधिक पुरस्कार राशीको यो प्रतियोगितामा आयाेजक बागमती युवा क्लब सहित १२ वटा टिमले भाग लिएका छन् । जसमध्ये एपीएफ क्लब, युनाईटेड खर्साङ फूटबल क्लब दार्जिलिङ, साविक विजेता पिप्ले युवा क्लब हेटाैंडा, नेपाल पुलिस क्लब, धरान फूटबल क्लब र चर्च ब्वाईज युनाईटेड क्लब ललितपुर प्रतियाेगिताबाट बाहिरिसकेका छन् ।

प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले पाँच लाख रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छ । बागमती युवा क्लब र बागमती नगरपालिकाकाे संयुक्त आयाेजना रहेकाे प्रतियाेगिताकाे फाईनल खेल भने फागुन ७ गते हुनेछ ।